सोलुखुम्बु – सोलुखुम्बुको दुई वटा वन क्षेत्रमा डढेलो फैलिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–९ स्थित सिसाखोला र नेचासल्यान गाउँपालिका–२ स्थित कालीपोखरी सामुदायिक वनमा डढेलो फैलिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम चन्द्र शाहका अनुसार सिसाखोलाको वनमा आज बिहानबाट डढेलो फैलिएको हो । काली पोखरी सामुदायिक वन नेचासल्यानमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–१ क्षेत्रको वनमा फैलिएको आगो शनिबार प्रवेश गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।
दुवै क्षेत्रको आगो नियन्त्रणको प्रयास जारी छ भने तिब्र गतिको हावाका कारण समस्या भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ ।