खुम्बुमा सकियो अपाङ्गता रोकथाम तथा पुनःस्थापना शिविर, सय बढी लाभान्वित

  हिमाल समाचार
14 Shares

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना शिविर सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षिय लागत साझेदारीमा चैत १७ गतेबाट सुरु भएको शिविर आज आईतवार सकिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका वडा–१ बाट चैत १७ गते सुरु गरिएको शिविर वडा नम्बर ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट ११३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचय–पत्र प्राप्ति तथा आवश्यकता पहिचान सेवा लिएका छन् ।

जसमध्ये पुर्ण अपाङ्गता (क वर्ग), अति अशंक्त अपाङ्गता(ख वर्ग), मध्यम अपाङ्गता(ग वर्ग) र सामान्य अपाङ्गता(घ वर्ग) गरि ९८ जनाले परिचय पत्र प्राप्त तथा नविकरण गरेको गाउँपालिकाले जनाएको छ ।

समापन कार्यक्रम वडा नम्बर ४ का कार्यवहाक वडा अध्यक्ष ङिमा याङजीन शेर्पाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक टासी ल्हामु शेर्पाको प्रमुख आथित्यतामा भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार