सोलु आउँदै गरेको माल बहाक ट्रक कटारीमा पल्टियो

  हिमाल समाचार
252 Shares

सोलखुुम्बु – चामल लिएर सोलुखुम्बु आउँदै गरेको ट्रक कटारी नगरपालिका–११ ठाँटीमा पल्टिएको छ । उदयपुरबाट चामल बोकेर सोलुखूम्बुको सल्लेरीका लागि छुटेको प्रदेश १–०२–००२ ख ०१९६ नम्बरको ट्रक आज मंबगलबार बिहान अन्दाजी ५ बजे ठाँटीमा पल्टिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) सुवास राईका अनुसार उक्त ट्रक आज उकालोमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

सडकमा ट्रक पल्टिएपछि केही समय सिद्धिचरण राजमार्ग अन्र्तगत काटारी क्षेत्रमा सडक नै अवरुद्ध बनेको थियो । गाडीमा ओभरलोड भएका कारण उकालोमा भ्याक भएर पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार