फाप्लुबाट बिरामी पर्यटकको उद्धार

  हिमाल समाचार
259 Shares

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लुबाट बिरामी अवस्थामा एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला भ्रमणमा आएर बिरामी भएका सिङ्गापुरका अन्दाजी ४६ वर्षीया शेरोन लिम सोक कुआनको आज बुधवार उद्धार गरी काठमाण्डौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम चन्द्र शाहका अनुसार काठमाण्डौँबाट गाडी मार्फत जिल्ला आएका कुआनक मङ्गलवार सोलुदुधकुण्ड नगरपालिका–१० भुलभुले पुगेपछि टाउको दुख्ने, ज्वरो आउने समस्या कारण बिरामी भएका थिए ।

त्यहाँबाट उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएका उनको आज सामान्य उपचार पश्चात काठमाण्डौँ पठाइएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । उनको अहिले काठमाण्डौँको सिभिल अस्पतालमा उपचार भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार