चट्याङले महाकुलुङको टेलिकम टावरमा क्षति, सञ्चार सेवा ठप्प

  हिमाल समाचार
357 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । मंगलबारको चट्याङले गुदेलमा अवस्थित टेलिकमको फोरजी टावरमा क्षति पु¥याएपछि सञ्चार सेवा अवरुद्ध भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

टावरको रेडियो सेटमा समस्या आएको टेलिकमका प्राविधिकलाई उदृत गर्दै पत्रकार राईले बताए । सञ्चार सेवा अवरुद्ध हुँदा महाकुलुङका गुदेल, छेस्काम र बुङका अधिकांश क्षेत्र मर्कामा परेका छन् ।

विहीबार देखि टावर मर्मतका लागि प्राविधिक परिचालन गरिने टेलिकम सोताङले जनाएको छ । त्यस्तै, चट्याङकै कारण विद्युतमा क्षति पुग्दा सोताङमा रहेको टेलिकमको टावरबाट वितरित हुने सेवा केही घण्टाको लागि अवरुद्ध भएको थियो ।

यद्यपी, सोलारको प्रयोग पछि सेवा सूचारु गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार