चट्याङका कारण ओखलढुंगामा एक जनाको मृत्यु 

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – ओखलढुंगाको खिजीदेम्बामा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका-४ लोसाका अन्दाजी ३८ वर्षीय बमन बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरी निरीक्षक बालिष्टार सिंहका अनुसार  विहिबार बेलुका करिब ७ : ३० बजेको समयमा वर्षासँगै परेको चट्याङले तामाङको मृत्यु भएको हो ।

घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढलेका तामाङको सोही समयमा ज्यान गएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

घटनाको कानुनी प्रक्रिया पूरा गर्न प्रहरी टोली सो स्थानमा परिचालन गरिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार