स्थानीय तहको शिक्षक सरुवाप्रति शिक्षक महासंघ सोलुखुम्बुको आपत्ती

  हिमाल समाचार
763 Shares

सोलुखुम्बु – स्थानीय तहहरुले गरेको शिक्षक सरुवा तथा पदस्थापन प्रति नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सोलुखुम्बुले आपत्ती जनाएको छ । जिल्लाका स्थानीय तहहरुले जबरजस्ती शिक्षकहरुलाई आन्तरिक सरुवा तथा पदस्थापन प्रति महासंघले आपत्ती जनाएको हो ।

महासंघले आईतवार एक संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षकहरुलाई स्थानीय तहहरुले जबरजस्ती सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको भन्दै असन्तुष्टि जनाएको छ । पछिल्लो समय सोताङ गाउँपालिकाले शिक्षकहरुलाई नियतवस रुपमा एक विद्यालयबाट अर्को विद्यालयमा पदस्थापन गर्ने गराउने र जवरजस्ती कामकाजमा जानु भन्ने दवावपूर्ण पत्र प्रेषित गरेको महासंघको ठहर छ ।

जसबाट शिक्षाक्षेत्रमा चरम दवावको सिर्जना भएको र एक शैक्षिक सत्रमा नै पटक–पटक शिक्षक सरुवा गरी, शिक्षकको मनोवल गिराउने तथा शैक्षिक क्षेत्रमा नकरात्मक असर पारेको विज्ञप्तिमा दाबी गरिएको छ । पालिकाको उक्त कदम प्रति नेपाल शिक्षक महासंघ सोलुखुम्बु र शिक्षकका पेशागत आबद्ध संघ संघठनहरुको ध्यानाकर्षण भएको जनाइएको छ ।

साथै जिल्लाभरी नै यस्ता कार्यहरुभइरहेको ज्यादतीको भर्त्सना गर्दै स्थानीय सरकाले गरेको उक्त गैररकानुनी कदमप्रति खेद समेत व्यक्त गर्दै उक्त सोताङ गाउँपालिकाको स्थानिय सरकारलाई आफ्नो निर्णय सच्चाउन समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार