सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौरी महोत्सव सुरु

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ऐतिहासिक प्रथम पिके चौरी महोत्सव सुरु भएको छ । लिखुपिके गाउँपालिका– १ पिके बेस क्याम्पमा आजबाट महोत्सव सुरु भएको हो । याक तथा चौरी व्यवसायी संघले आयोजना गरेको उक्त महोत्सव बिहीवारसम्म जारी रहने जनाइएको छ ।

चौरी कृषकलाई सम्मान ‘प्रोजेक्स द याक, सेभ दल हिमालय’ चौरी र जलवायु सम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवद्र्धनको लागि डकुमेन्ट्री निर्माण, याक तथा चौरी व्यवसायी संघको बेइबसाइट सञ्चालन, याक तथा चौरी प्रदर्शनी, याक डान्ससहित विविध साँस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौरी व्यवसायी संघका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले बताउनुभयो ।

चौरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुख्र्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौरीपालन घट्दो क्रममा रहेको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकाससँगै आफ्नै गाउँ ठाउँमा आत्मनिर्भर बन्न सकिने उदेश्यका साथ चौरी महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

पिके क्षेत्रमा बसोबास् गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा यज्र्याङ अर्थात् कुलपूजा गर्छन् । उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्ने गर्दछ । त्यसकारण पिके क्षेत्र पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार