महिला संघ सोलुले गर्दै ऐतिहासिक कार्यक्रम, केन्द्रीय नेताहरु सल्लेरी उतार्ने

  हिमाल समाचार
35 Shares

सोलुखुम्बु – नेपाल महिला संघ सोलुखुम्बुले सल्लेरीमा ऐतिहासिक कार्यक्रम आयोजना गरेको छ । संघले वैशाख ८ गते सल्लेरीमा नेपाली कांग्रेस तथा महिला संघका केन्द्रीय नेताहरुको उपस्थितीमा विविध कार्यक्रमको अयोजना गरेको हो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको जिल्ला कार्यसमितिले नयाँ वर्षको शुभकामना आदानप्रदान, खुला छात्रा वक्तित्वकला र संघको भित्तेपात्रो वितरण कार्यक्रम आयोजना गरेको जिल्ला अध्यक्ष सरला राईले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं महिला नेतृ महालक्ष्मी उपाध्याय(डिना)सहित अतिथिको रुपमा महिला संघकी केन्द्रीय उपाध्यक्ष उषा मिश्र, पार्टीका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पासहितका नेताहरु सहभागि हुने आयोजनाले जनाएको छ ।

महिलाहरुको क्षमता अभिवृद्धि तथा सशक्तिकरणका लागि जिल्लामै एक ऐतिहासिक कार्यक्रम गर्न लागेको संघकी जिल्ला अध्यक्ष राईले बताउनुभयो ।

सल्लेरी स्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा हुने उक्त कार्यक्रमलाई सव्य र भव्य बनाउन सबै संयन्त्र परिचालन गरिएको उहाँको भनाइ छ । जसका लागि तयारी तिब्र पारिएको महिला संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार