नेवि संघको ५५ औँ स्थापना दिवस : फाप्लुका बिरामीलाई फलफूल वितरण

  प्रकृति राई
189 Shares

सोलुखुम्बु- नेविसघं सोलुखुम्बुले आफ्नो ५५ औ स्थापना दिवसको अवसरमा फाप्लु अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

आज बुधबार नेविसघं सोलुखुम्बुका जिल्ला सचिव तथा प्रवक्ता बिभुषण राईको संयोजकत्व तथा अध्यक्ष नविन बस्नेतको विशेष उपस्थितिमा जिल्ला अस्पताल फाप्लुका १९ जना विरामीलाई फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा नेविसघंका अन्य जिम्मेवार सदस्यहरुकोे समेत उपस्थिति रहको जिल्ला सचिव तथा प्रवक्ता बिभुषण राईले जानकारी दिनुभयो ।

स्थापना दिवस कार्यक्रम भोली बिहीबार दिप प्रज्वलन कार्यक्रम र शुक्रबार शैक्षिक अन्तरक्रिया, चियापान र नयाँ बर्षको शुभकामना आदनप्रदान गरी सम्पन्न गरिने राई बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार