महिला सशक्तिकरण नभई मुलुकले गतिलिन सक्दैन : पर्यटन विभाग प्रमुख शेर्पा

  हिमाल समाचार
343 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले नेपालमा महिला सशक्तिकरण जग कांग्रेस राखेको बताउनुभएको छ ।

नेपाल महिला संघ सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान, खुला छात्रा वक्तृत्वकला प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उहाँले महिलाहरुलाई अधिकार स्थापित गराउने अभियान नै कांग्रेसले सुरुवात गरेको दाबी गर्नुभयो ।

महिला सशक्तिकरणको सवालमा कांग्रेसले सुरु गरेको रुपान्तरण अभियानमा कम्युनिष्टहरु समेत जोडिएको स्मरण गराउँदै महिला अधिकार स्थापित नभइ मुलुक अघि बढ्न नसक्ने ठोकुवा गर्नुभयो ।

महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहले सुरु गरेको रुपान्तरणको आन्दोलनकै कारण आज महिलाहरुको अधिकार सुरक्षित भएको उहाँको भनाइ छ ।

महिलाको सवालमा समाजमा चेतनाको विगुल फुक्ने नेता नै विपी कोइराला भएकाले महिलालाई समान अधिकार हुनुपर्छ भन्ने सवालमा कांग्रेस अधै एक ठाउँमा रहेको नेता शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार