सल्लेरीमा खुल्यो मल्टी एग्रो नेशनल इन्भेष्टमेन्ट कम्पनीको शाखा

  हिमाल समाचार
567 Shares

सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाम सल्लेरीमा मल्टी एग्रो नेशनल इन्भेष्टमेन्ट कम्पनीको शाखा स्थापना गरिएको छ । सल्लेरीको आवाडाँडामा आज विहीवार एक कार्यक्रमका बिच शाखा कार्यालयय स्थापन गरिएको हो । उक्त कम्पनीले जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजहरु संकलन गरि बजारीकरण गर्ने शाखा कार्यालय प्रमुख कुशुम घिमिरेले जानकारी दिनुभयो ।

कृषिलाई प्रमुख प्राथमिकता दिएर स्थापना गरिएको कम्पनीले किसानलाई खेतीमा प्रोत्साहित गर्ने उहाँको भनाइ छ । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त दुर्गा बहादुर तिरुवाले कम्पनीले व्यवसायिक किसानलाई ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

किसानले उत्पादन गरेको कृषि उपजहरुलाई कम्पनीले बजारीकरणको जिम्मा लिएको खण्डमा उनीहरु व्यवसायीक खेतीतर्फ आर्कषित हुने उहाँको भनाइ छ । जसका लागि कम्पनीलाई ज्ञान केन्द्रले सक्दो सहयोग गर्ने प्रमुख तिरुवाले प्रतिबद्धता जनाउनुभयो । कम्पनीका संस्थापक सदस्य एवं सिइओ सुरेशमान तामाङले जिल्लामा कृषिको अत्याधिक सम्भावना भएकाले बजारीकरणका लागि शाखा कार्यालय स्थापना गरिएको बताउनुभयो ।

यहाँ उत्पादित कृषि उपजको माग समेत उच्च हुने भएकाले बजारको चिन्ता नगरी खेतीमा अग्रसर हुन किसानलाई आग्राह गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिका–७ का अध्यक्ष एवं पालिका प्रवक्ता भोजराज कार्कीले थुलुङ दुधकोशीले किसानलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि सारिरहेकाले कम्पनी र आफ्नो पालिकाको उदेश्य मेल खाएको बताउनुभयो ।

कृषिबाट क्रान्ति गर्न सक्ने भएकाले कम्पनीलाई आवश्यक सहयोग र सहकार्य गर्न आफुहरु तयार रहेको उहाँको भनाइ छ । यस्तै योङ स्टार क्लवका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जिल्लाको कृषिलाई पर्यटनसँग जोड्न सकिने बताउनुभयो । यहाँ उत्पादित कृषि उपजहरु खुम्बु क्षेत्र ढुवानी गर्न सके मात्रै पनि जिल्लाले डलर भित्र्याउन सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जननिर्वाचित प्रतिनिधिहरु, किसान, विभिन्न व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार