सगरमाथासहितका हिमालबाट १९ सय किलो भन्दा बढी फोहोर संकलन

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु – सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट १९ सय किलो भन्दा बढी फोहोर संकलन गरेको छ । नेपाली सेनाको हिमाल सफाइ अभियान टोलीले आइतवारसम्ममा १ हजार ९ सय ४३ किलो फोहोर संकलन गरेको हो ।

संकलित फोहोरमा कुहिनेर नकुहिने फोहोर दुवै रहेको नेपाली सेनाले जनाएको छ । सफा हिमाल अभियान अहिले पनि जारी रहेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख÷प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल टोलीले काम गरिरहेको छ ।

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल ‘थिम’ का साथ सञ्चालित यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार