कांग्रेस पर्यटन विभाग प्रमुख शेर्पाद्वारा देउपुजेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले सोलुखुम्बु नेचासल्यान गाउँपालिका २ देउपुजेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

गत मंगलवार आगलागीबाट घर गुमाएका शक्ति राई, केशव राई र करविर राईको परिवारलाई कांग्रेस नेता शेर्पाले आज स्थलगत अवलोकन गर्दै व्यक्तिगत रुपमा ५÷५ हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो ।

घटनास्थलमा पुग्नुभएका नेता शेर्पाले पीडितलाई आर्थिक तथा भौतिक रुपमा सहयोगका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । विपतीको समयमा पीडितलाई सहयोग गर्न समेत उहाँले आवाह्न गर्नुभएको कांग्रेस नेता नविन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीका नेता चन्द्र आचार्यको नेतृत्वका कांग्रेस नेताहरुले संकलन गरेको करिब ७ लाख राहत रकम भोली एक कार्यक्रमका बिच पीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार