सोताङको छेकनवादेवा सामुदायिक वनमा डढेलो

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका- ४ नाम्लुङको छेकनवादेवा सामुदायिक वनमा डढेलो फैलिएको छ ।

उक्त वन क्षेत्रमा सोमवार रातिबाट डढेलो सुरु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम चन्द्र साहका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

आगोले वन क्षेत्रमा रहेको रुख विरुवाहरु जलेर नष्ट भएको बताएको छ ।

डढेलो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार