पानी नपर्दा सगरमाथामा हिउँको मात्रा घट्दै

  हिमाल समाचार
14 Shares

सोलुखुम्बु – वैज्ञानिकहरूले यसपालि जाडो महिनामा वर्षा नभएका सहितका कारणले गर्दा हिमाली क्षेत्रमा हिउँको मात्रा कम भएको भन्दै त्यसले नदी प्रणाली र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई प्रभावित पार्न सक्ने बताएका छन् ।

नेपाल सरकारका एक जना अधिकारीले अहिलेसम्मको परिस्थिति हेर्दा यो साल नेपालका हिमालहरूमा केही वर्ष यताकै कम हिउँ देखिएको टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका एक जना वैज्ञानिकले सगरमाथा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा खासै फरक नदेखिएको भए पनि समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको जनाएका छन् ।

कीर्तिमानी परिमाणमा कम हिउँ परेकाले सम्पूर्ण हिन्दु कुश क्षेत्र प्रभावित हुने र पानीको अभाव देखा पर्नसक्ने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार