सोलुखुम्बु – नयाँ वर्ष २०८१ को सुरुआतसँगै डिशहोमले मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरून्तै ‘लक्की ड्र’मार्फत् एक महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन् ।
डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकले तीन हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको तीन हजार ५०० रुपैयाँ र प्रिमियम लाइफस्टाइलको चार हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ ।
ग्राहकले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत् रिचार्ज गर्न सक्नेछन् । देशभर रहेका डिशहोमका डिलर, सव डिलर तथा विक्रेतामार्फत् ग्राहकले फन ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।