हावाले उडाएर ल्याएको आगोले पन्चनमा ३ घर जल्यो, सिङ्गो बस्ती नै जोखिममा

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – जंगलको डढेलो बस्तीमा प्रवेश गर्दा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनमा कम्तीमा ३ घर जलेर नष्ट भएको छ । आज बुधवार बिहान हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको आगोले स्थानीय बुद्धि माष चर्मकार, हस्ती माया राई र पुर्ण बहादुर अधिकारीको घर जलेर नष्ट भएको हो ।

आगोले काली बहादुर अधिकारीको बाख्राको खोर, गाई ग्लावीसहित दर्जन बढी संरचनाहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनास्थलमा रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाका अनुसार आगोले सिंगो बस्ती नै जोखिममा परेको छ भने धुँवा तथा हावाले उडाएर ल्याएको खरानीको कणले आँखा हेर्न समेत सकस परेको छ ।

आगोले बस्ती नै जोखिममा परेपछि स्थानीयवासीमा रुवाबासी छाएको बताइएको छ । आगलागीबाट भएका क्षतिको विवरण आउन सकेको छैन भने कारण खुल्न समेत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि खट्न थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पालिका स्तरीय विपन व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ ।

साथै आगोले क्षति पु¥याएकाहरुको विवरण संकलन गरि राहत र उद्धारको व्यवस्थापनमा समेत जुट्न उहाँले समितिलाई निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार