एकाबिहानै नेचासल्यानमा २ घर र एउटा खोर जले

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ डिटीमा २ घर र एक गोठ जलेर नष्ट भएको छ ।

आज बिहिवार बिहान ४:३० बजे डिटीका ज्ञान बहादुर खत्रीको २ वटा घर र एउटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगो स्थानीय र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको प्रहरी निरीक्षक राम चन्द्र साहले जानकारी दिनुभयो ।

आगलागीको कारण खुल्न बाकी छ क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार