त्रिविको ‘शिक्षाको आधार विषय समिति’मा सोलुका कट्टेल

  हिमाल समाचार
245 Shares

सोलुखुम्बु – त्रिभुवन विश्वविद्यालयको ‘शिक्षाको आधार विषय समिति’ सदस्यमा सोलुखुम्बुका निरन्जन कट्टेल मनोनित हुनुभएको छ ।

सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीका सहायक क्याम्पस प्रमुख समेत रहनुभएका कट्टेल त्रिविले ३ वर्षका लागि समिति सदस्यमा मनोनित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ७७ दफा ३२१ को उपदफा (१) को खण्ड (ग), मा व्यवस्था भए बमोजिम उहाँलाई सदस्यमा मनोनित गरिएको त्रिविले जनाएको छ ।

त्रिविको शिक्षा शास्त्र संकाय डीनको कार्यालयले गएको फाल्गुन १५ गते कट्टेललाई समितिको सदस्यमा निर्णय गरेको थियो भने त्रिविले २०८० माघ २२ गतेदेखि लागु हुनेगरि समिति सदस्यको जिम्मेवारी दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार