एकैदिन सोलुको ५ ठाउँमा डढेलो, नियन्त्रणमा सकस

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा एकैदिन ५ ठाउँको वनमा डढेलो लागेको छ । आज शुक्रबार जिल्लाको विभिन्न ५ स्थानको वनमा डढेलो फैलिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र साहका नेले स्थित कुर्लुङ सामुदायिक वन, सुकेपोखरी स्थित थकथोप सामुदायिक वन, देउसा स्थित सेर्सर्दु सामुदायिक वन, जुबु स्थित वनपाल सामुदायिक वन र सोताङ स्थित बादाकुरा सामुदायिक वनमा डढेलो लागिरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानदेखी सल्केको डढेलो नियन्त्रणमा हावाका बेगका कारण सकस भइरहेकोे छ ।

यद्यपि टोली सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोले सयौं बोट विरुवा जलेर नष्ट भएका छन् भने वन्यजन्तुहरु समेत हताहत भएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार