उदयपुर – उदयपुर जिल्ला लिम्चुङ्बुङ गाउँ पालिका ५ जाँतेमा गत शनिबार देखि रौतामाई ३ लाफागाउ हुँदै जाँते प्रबेस गरेको डडेलोले लिम्चुङ्बुङ ५ जाँतेका दर्जनौ घर परिवार बिस्थापित भएका छ्न ।
डडेलोले हिम्मा, चौलने , ढुकुर्थुम , मिनासिका , लोखृम , जाँते, टोड्केमा क्षेती पुर्याएको छ । अग्नि पिडित लाई आज लिम्चुङ्बुङ ५ जाँतेको वडा कार्यलयमा राहत बितरण कार्यक्रम सम्पन्न गरिएको त्यहाबाट मिलन परियारले जानकारी दिनुभयो ।
बिस्ताबित भएका घर परिवारलाई वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल उदयपुरको आर्थिक सहयोग र जाल्पा एकीकृत बिकास समाज उदयपुर तथा मानव अधिकार तथा बाताबरण बिकास केन्द्र हुरेन्डेक उदयपुर को आयोजनामा हुरेन्ण्डेक को तर्फबाट प्रति घर ३ तीन हजार १ सय ९० रुपैया बराबरको १८ घर घुरिलाई खाधान्न सामाग्री प्रदान गरिएको हो ।
यस्तै जाल्पा एकीकृत बिकास समाज उदयपुरको तर्फबाट १२ घर लाई ६ हजार ९ सय १० रुपैया बराबरको गैर खाध सामाग्री र बिधालय जानबाट बन्चित १३ बालबालिकालाई ८ हजार १ सय ३८ रुपैया बाराबरको बिधालय पोशाक साथै प्रती बालबालिका १ दर्जन कापी , ५ वटा बलपेन गरि जम्मा ८ हजार ४ सय ५० रुपैयाको सामाग्री हस्तान्तरण गरेको छ ।
सोही कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी उदयपुर साखाले सोही पीडित लाई गैर खाध सामाग्री बितरण गरेको छ । कार्यक्रम मा वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल का फिल्ड संयोजन आनन्द खडका, लिम्चुङ्बुङ गाउ पालिका उपाध्यक्ष पुस्पलाल राई , नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाका सभापति मदनराज कटुवाल , बिपत ब्याबस्थापन संयोजक राजकुमार कोयु राई को उपस्तिथि रहेको थियो ।
हस्तान्तरण कार्यक्रम लिम्चुङ्बुङ गाउँ पालिका वडा नम्बर ५ जांतेका वडा अध्यक्ष कबिचन्द्र राई को अध्यक्ष तामा सम्पन्न भएको छ ।