सगरमाथासहितका हिमाल आरोहणका लागि ९ सय बढीले लिएअनुमति

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहणका लागि आजसम्ममा नौ सय ४५ जनाले अनुमति लिएका छन् । ३० वटा हिमाल आरोहणका लागि एक सय ९८ जना महिला सहित नौ सय ४५ जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि चार सय तीन जनाले अनुमति लिएका छन् । आरोहण अनुमती लिनेबाट सरकारले ६५ करोड ५३ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ ।

सबैभन्दा धेरै सगरमाथा आरोहीबाट मात्रै ५७ करोड ६१ लाख रुपैयाँ भन्दा धेरै रोयल्टी संकलन भएको विभागले जनाएको छ । अनुमति लिएका साना हिमालहरुले आरोहण शुरु भइसकेको छ ।

सगरमाथामा भने चौथो शिविर भन्दा माथी बाटो बनाउने काम भइरहेको र यहि .महिनाको अन्त्यबाट आरोहण शुरु हुने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार