सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन ८२ सोलु हाइड्रोपावरको सुरुङ मार्गमा आगलागी भएको छ । आयोजनाको तिङ्ला स्थित सुरुङ भित्र आज सोमबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार सुरुङ भित्र काम गर्ने क्रममा लोडरबाट अचानक आगो निस्केपछि कामदारहरु सुरुङ बाहिर निस्किएका थिए ।
सबै कामदार तथा मेसिनका चालक सकुशल रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि सोलु दुधकुण्ड नगरपालिकाको बरुण यन्त्र( दम्कल)सहित प्रहरी परिचालित भएको जनाइएको छ ।
आगलागीको कारण खुल्न बाकी रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।