सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका क्षेत्रका अग्नि पीडित दुई परिवारलाई नगदसहित राहत सामाग्री प्रदान गरिएको छ । नेचासल्यान गाउँपालिका–२ का ज्ञान बहादुर खत्री र सोही ठेगानाका करबीर राईलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आज नगदसहित राहत सामाग्री प्रदान गरेको हो ।
उनीहरु दुवै परिवारलाई नगद १५÷१५ हजार रुपैयाँसहित ३÷३ थान ब्लाङ्केट, २÷२ थान त्रिपाल र डस्ना वितरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट धनसम्पती गुृमाएर सडकमा पुगेका पीडितलाई थोरै भएपनि राहत होस भन्ने हेतुले जिल्ला विपत व्यवस्थापन समिति मार्फत उनीहरुलाई सामाग्री प्रदान गरिएको हो । राईको घर वैशाख ११ गते र खत्रीको वैशाख २० गते भएको आगलागीमा परेर नष्ट भएको थियो ।