थुलुङदुधकोशी बहुप्राविधिक शिक्षालयबाट ३४ इन्जिनियर उत्पादन

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोसी बहुप्राविधिक शिक्षालयले ३४ जना इन्जिनियर उत्पादन गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लीमा सञ्चालन गरेको उक्त शिक्षालयबाट पहिलो पटक ३४ जना इन्जिनियर उत्पादन भएको पालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

उहाँले वि.स २०७७ सालबाट गाउँमा बहुप्राविधिक शिक्षालय गर्नुभएकोमा शिभिल इन्जिनियरिङका लागि ३५ जना विद्यार्थीहरू भर्ना भएका थिए । सिटिइभिटी सानो ठिमीले सार्वजनिक गरेको नतिजा अनुसार उक्त शिक्षालयका ९७ प्रतिशत अर्थात ३४ जना विद्यार्थीले छैटौँ सेमेस्टर समेत उत्कृष्ट नतिजा सहित उत्तिर्ण गरेका छन् ।

सोलुखुम्बुमा मात्रै नभई सिंगै कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहले संचालन गरेको नविनतम श्रृजनात्मक अभ्यासको रुपमा हेरिएको छ । प्राविधिक शिक्षालय स्थापना भएको पहिलो वर्ष भर्ना भएका यी विद्यार्थीहरु इन्जिनियर बनेर निस्कीएका छन् । त्यस पछि भर्ना भएकाहरु निरनतर अध्ययन गरिरहेका छन् ।

गाउँपालिकाले आफ्नै सक्रियतामा संचालन गरेको यस क्याम्पसमा विपन्न जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरि, प्रवेश परिक्षामा प्रथम हुने विद्यार्थीलाई प्रथम सेमेस्टर शुल्क छुट दिईदै आएको छ । प्रत्येक सेमेस्टरको अन्तिम परिक्षामा प्रथम हुने विद्यार्थीलाई सेमेस्टर शुल्क छुट समेत दिई सम्भवतः मुलुककै न्युन शुल्कमा अध्ययन गरि इन्जिनियरिङ पुरा गरेका छन् ।

पुरै ६ वर्ष कोर्स पुरा गर्दा विद्यार्थीले जम्मा १ लाख ८० हजार शुल्क तिरेका छन् । जबकी शहरी क्षेत्रमा यही नतिजाका लागि विद्यार्थी ६ देखि ८ लाख रुपैयाँसम्म खर्च गनुपर्ने हुन्छ । यस शिक्षालयमा थुलुङ दुधकोशी गाउँपालिकाको मात्रै नभई, अन्य गाउँपालिका, खोटाङ, ओखलढुंगा तथा काठमाडौँदेखि विद्यार्थीहरु अध्ययनका लागि आएका पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार