सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र (एचए) कक्षा संचालन गर्ने भएको छ ।
पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज मंगलवार बसेको थुलुङ दुधकोशी अस्पताल व्यवस्थापन समितीको बैठकले डिप्लोमा इन फार्मेसी र प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्साशास्त्र (एचए) कक्षा संचालन गर्ने निर्णय गरेको हो ।
जसको आवस्यक तयारीका लागि पालिका अघि बढ्ने निर्णय गरिएको पालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
बैठकले पोष्टमार्टम गृह तथा प्लासेन्टपिट निर्माण गर्न आवस्यक तयारी गर्न समिति गठन गर्ने र अस्पताललाई स्वास्थ्य विमा केन्द्र बनाउने लगायतका महत्वपूर्ण निर्णयहरु गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिकाले २०७७ सालबाट सुरु गरेको थुलुङ दुधकोसी बहुप्राविधिक शिक्षालयले ३४ जना इन्जिनियर उत्पादन गरेको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लीमा सञ्चालन गरेको उक्त शिक्षालयबाट पहिलो पटक ३४ जना इन्जिनियर उत्पादन भइसकेका छन् ।
प्रविधिक शिक्षाको क्षेत्रको क्षेत्रमा निरन्तर छलाङ्ग मरिरहेको उक्त पालिकाले पुनः अर्को महत्त्वपूर्ण निर्णय गरेको हो ।