सोलुबाट सुरु भयो ‘महिनावारी स्वच्छता’ अभियान

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – हिमााली जिल्ला सोलुखुम्बुबाट पहिलो पटक ‘महिनावारी स्वच्छता’ अभियान सुरु भएको छ । सामाजिक संस्था ‘द्स्मल वल्र्ड’(टिएसडब्यू)ले आज बिहीवार सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा एक कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले महिनावारी अभिशाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो । यद्यपि महिलाको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महिनावारीको सरसफाइ तथा स्वच्छतामा ख्याल गर्नुपर्ने उहाँको जोड छ ।

जसका लागि महिनावारी शिक्षालाई ग्रामिणस्तरसम्म पु¥याउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । संस्थाका कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकार भएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गर्नुभयो । महिला र महिनावारी बिना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

सोलुदुधकुण्ड नगरपालिका–६ का वडा सदस्य धन कमार श्रेष्ठले महिनावारी शिक्षा सबै तह तप्कामा पुग्न आवश्यक रहेको बताउनुभयो । नारीहरु स्वस्थ भएको लक्ष्यण महिनावारी भएकाले महिनावारी बार्ने जस्ता कुसंस्कारलाई जरैबाट फाल्नुपर्ने उहाँको भनाइ छ ।

विभिन्न कक्षामा अध्ययनरत छात्राहरु, शिक्षिका, स्थानीय लगायतको उपस्थितीमा सुरु भएको अभियानमा जनचेतनामुलक प्लेकार्डसहित र्‍याली गरी दलित बस्ती परिक्रमा गरिएको थियो । सोलुखुम्बुबाट सुरु भएको उक्त अभियान जिल्लाको ग्रामिण भेगसहित देशभर विस्तार गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार