दुधकुण्डखोला हाईड्रोपावरको विद्यूत परिक्षण उत्पादन हुँदै

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माण गरिएको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला हाइड्रोपावरले विद्यूत परिक्षण गर्ने भएको छ । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड सोलुदुधकुण्ड नगरपालिका–१ र २ नम्बर क्षेत्रमा निर्माण गरेको उक्त हाईड्रोपावरले परिक्षण उत्पादनको तयारी गरेको हो ।

आयोजनाबाट उत्पादित विद्यूत रिङ्मु, फेरा, बेनी गार्मा, साल्मे, पेकरनासा, बेलीडाँडा हुँदै तिङ्ला सबस्टेशनसम्मको प्रसारण लाइनमा जोडिने जनसम्पर्क अधिकृत सोनाम शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्ता भित्र परिक्षण उत्पादन सुरु गर्ने गरी आयोजनाले काम अघि बढाएको छ ।

आयोजनाको सोलुदुधकुण्ड नगरपालिका–१ स्थित पाँचसुरे खोला नजिक ड्याम रहेको छ भने रिङ्मु फेदीमा दुई वटा टरवाइनसहितको विद्यूत गृह रहेको छ । ड्यामसाइडबाट करिब ४ किलोमिटर लामो पाइप लाइनमार्फत ल्याइएको पानी रिङमु झारिएको जनसम्पर्क अधिकृत शेर्पाले बताउनुभयो ।

२ अर्ब २० करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको सो आयोजनाका लागि संग्रिला डेभलपमेन्ट बैंक र प्राइम कर्मसियल बैंकले लगानी गरेको निर्माण कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार