सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले विशेष अधिवेशनमार्फत १३ औँ गाउँसभा सम्पन्न गरेको छ । केही बजेट शिर्षकहरु संशोधन तथा महाकुलुङमा निर्माणाधिन जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व लगायतका विषयमा छलफल गर्न अधिवेशन आवहन गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ (२) तथा कार्यपालिकाको निर्णय अनुसार अधिवेशन डाकिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर राईले जानकारी दिनुभयो । अधिवेशनले योजना तथा कार्यक्रम संशोधनसहित हाईड्रोपावर कम्पनीहरुको सामाजिक उत्तरदायित्वको रकम खर्च लगायतका विषयहरु अनुमोदन गरिएको पालिका अध्यक्ष राईले बताउनुभयो ।
पालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षतामा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेसहित पाँचै वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधिहरु, विभिन्न राजनीतिदलका प्रमुख तथा प्रतिनिधिहरु, पुर्व वडा अध्यक्ष, एपेक्स मकालु पावर डेभलपमेन्ट हाइड्रोपावर र गौरीशंकर हाईड्रोपावरका प्रतिनिधि, सामुदायिक वन पदाधिकारी गाउँपालिका शाखा कर्मचारीहरु, इलाका प्रहरी कार्यलय र बुङ प्रहरी चौकीका सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।