सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरु संगठन सुदृढीकरण अभियान लिएर सोलुखुम्बुको कोशी पारिका क्षेत्र केन्द्रित भएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘क’ को समन्वयमा महाकुलुङ गाउँपालिका समितिले आयोजना गरेको अभियानमा केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरु जिल्लाको महाकुलुङ र सोताङ पुगेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र आङगेलु शेर्पा, जिल्ला पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पा, बिनोद बस्नेत र प्रकाशसिं कार्की लगायतका नेताहरू सहभागी हुनुभएको छ ।
कार्यक्रममा नेताहरुले कार्यकर्ताहरुले आफ्ना भनाइ भन्दा कार्यकर्ताका कुराहरु बढी सुनेको नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिनुभयो ।
बिगतका तितामिठा कुराहरूलाई बिर्सिएर आगामी दिनमा एकताका साथ सशक्त ढंगले अगाडी बढ्नुपर्ने धारणा अन्तरक्रियामा बोल्ने नेता कार्यकर्ताहरुले राखेको उहाँले बताउनुभयो ।
सोही प्रकृतिको कार्यक्रम आज सोताङमा सम्पन्न भएको छ । भोलि थुलुङ दुधकोशी र सोमबार नेचासल्यानमा हुने पार्टीले जनाएको छ ।