पन्चनका अग्नि पीडितका लागि कांग्रेस नेता थापाको अगुवाइमा जुट्यो झण्डै ३ लाख सहयोग

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – सोलुखुम्बुको पन्चनका आगलागी पीडितका लागि नेपाली कांग्रेसका नेताहरुले झण्डै ३ लाख आर्थिक सहयोग संकलन गरेका छन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुणदलका केन्द्रीय सदस्य नविन थापाको अगुवाइमा विभिन्न व्यक्तिहरुबाट २ लाख ८८ हजार रुपैयाँ राहत रकम संकलन भएको हो ।

उक्त सहयोग संकलन अभियानमा सुदेन थुलुङ, आस्विन बाबु थापा, कैलाश केसी, गिता गुरुङ, प्रकाश थुलुङ, केदार सिहं गुरुङ लगायतका व्यक्तिहरु सहभागी रहेको बताइएको छ ।

अग्नि पीडितका लागि सहयोग रकम संकलन अभियानलाई देश तथा विदेशका रहेका जिल्लावासी तथा देशबासीहरुले सहयोग गरेको अभियानका एक सदस्य कैलाश केसीले जानकारी दिनुभयो । केही सहयोगी दाताहरुले प्रतिबद्धता जनाएकाले रकम बढ्न सक्ने उहाँको भनाइ छ ।

वैशाख २० गतेबाट २७ गतेसम्म संकलन गरिएको उक्त रकम आगामी सोमवार पीडितलाई हस्तान्तरण गर्ने कार्ययोजना रहेको जनाइएको छ । वैशाख १८ गते जंगलको डढेलो बस्तीमा प्रवेश गर्दा पन्चनमा १० घर जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार