सोलुखुम्बु – संखुवासभामा रहेको विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुका एक पर्वतारोहीको मृत्यु भएको छ ।
आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा मकालु गाउँपालिका–२ र ३ को सीमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुृभयो ।
घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उहाँको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिकरूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्छ ।