सोलुखुम्बु – इको हिमाल नेपालको आयोजनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा विद्यार्थी लक्षित पोषण, सरसफाई, यौन तथा प्रजनन सम्बन्धि ३ दिने अभिमुखिकरण सुरु भएको छ ।
महाकुलुङ गाउँपालिकाको सहकार्यमा आज शनिवारदेखि संस्थाको विद्यालय सुधार योजना अन्तरगत स्थानीय आधारभुत र माध्यमिक विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई ३ दिने अभिमुखिकरण सुरु भएको हो ।
गाउँपालिकाको कार्य बाहक अध्यक्ष तथा वडा न १ अध्यक्ष पर्खिधन राईको अध्यक्षतामा सुरु अभिमूखिकरणमा विद्यालय सुधार योजना, सामाजिक लेखापरीक्षण, पोषण, विद्यालयमा सरसफाई र स्वच्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि क्षमता अभिवृद्धिका विषयमा छलफल गरिने इको हिमाल नेपालका संस्थाका कार्यकारी निर्देशक नारायण ढकालले बताउनुभयो ।
अभिमूखिकरणको सहजीकरण इको हिमाल नेपालका सचिब सत्य नारायण मर्हजन र इको हिमाल नेपालका विद्यालय स्वास्थ्य कार्यक्रम परियोजना अधिकृत गोमा शर्माले गरिरहनुभएको छ ।
उद्घाटन कार्यक्रममा अभिमुखिकरणमा गाउँपलिका उपप्रमुख विपना कुलुङ, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले, वडाका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतको उपस्थिति रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।