सोलुखुम्बु – पहिरोका कारण अवरुद्ध सोलुखुम्बुको सोताङ–दिप्लीघाट सडक खण्ड करिब ३ घण्टापछि सञ्चालनमा आएको छ ।
सडक माथिबाट खसेको पहिरोका कारण थुलुङ दुधकोशी गाउँपालिका–८ दिप्लीघाट क्षेत्रमा अवरुद्ध भएको उक्त सडक स्थानीय निकाय र प्रहरीको करिब ३ घण्टाको प्रयासपछि सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आज आइतवार बिहान अन्दाजी १०ः४५ बजेबाट पहिरोले अवरुद्ध भएको उक्त सडक दिउँसो करिब २ बजेबाट सञ्चालन गरिएको हो ।
प्रहरी चौकी मुक्लीबाट खटिएका प्रहरी, स्थानीय र गाउँपालिकाको सकृयतामा ३ घण्टापछि सवारी सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ । ढुंगा र माटोसहित खसेको पहिरोले दिप्ली क्षेत्रमा करिब १५ मिटर सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।
- तस्बिर : फायल