सल्लेरी र लुक्लासहितको क्षेत्रमा आउँदो मंगलवारसम्म मौसम खुल्ने सम्भावना कम

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – पर्यटकीय जिल्ला सोलुखुम्बुसहितका क्षेत्रमा आगामी मंगलवारसम्म मौसम खुल्ने सम्भावना कम रहेकोे छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा सकृय बनेको पश्चिमी वायु र स्थानीय वायुका कारण आगामी मंगलवारसम्म मौसम खुल्ने सम्भावना कम रहेको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज आइतवार, भोली र पर्सी मंगलवारसम्म सल्लेरी, लुक्ला, नाम्चेसहित पुर्वी नेपालको मौसममा सुधार हुने संकेत देखिएको छैन् । वर्षातको क्रम भोलीबाट केही कम भएपनि मंगलवारसम्म पुर्ण रुपमा खुल्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,“सोलुखुम्बुसहितका स्थानमा पर्सीसम्म मौसम खुल्ने र हवाइ उडान हुने सम्भावना कम छ, आज भन्दा भोली कम पानी परेपनि मौसममा पुर्ण सुधार हुने सम्भावना देखिन्न ।”  आज भन्दा भोली केही कम वर्षात हुने भएपनि हवाइ उडानहरु भने प्रभावित हुन सक्ने मौसमविद् अधिकारीले बताउनुभयो ।

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार