विपत् व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सकियो, गरियो १० निर्णय

  हिमाल समाचार
287 Shares

सोलुखुम्बु – जिल्ला विपत व्यवस्थापन समिति सोलुखुम्बुले १० बुदे निर्णय गरेको छ । आज आइतवार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा समितिको बैठकले विभिन्न विपत् बारे विभिन्न १० बुदे निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक देवी पाण्डे (खत्री)को अध्यक्षतामा भएको उक्त बैठक जिल्लामा भएका आगलागीका घटनाको समिक्षा तथा आउँदा दिनमा हुन सक्ने सम्भावित बाढीपहिरोका घटना न्यूनीकरणका बारेमा केन्द्रित भएको थियो ।

बैठकमा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर राई, लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत), थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता एवम् ७ नम्बरका वडाध्यक्ष भोजराज कार्की, सोलुदुधकुण्ड नगरपालिका ३ अध्यक्ष ल्हाक्पा गेलु शेर्पाको उपस्थिति थियो ।

यस्तै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लाका तिनै तहका सुरक्षा निकायका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासङ्घका प्रतिनिधिसहित सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा श्री दुर्गा बकस गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतले विपत बारे विस्तृत रूपमा प्रस्तुतिकरण दिनुभएको थियो ।

बैठकले गरेका १० निर्णयहरु..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार