गुटउपगुट अन्त्य गर्दै नयाँ कार्यदिशा समात्न थुलुङ दुधकोशीका कांग्रेस कार्यकर्ताको सुझाव

  हिमाल समाचार
518 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको संगठन सुदृढीकरण अभियान थुलुङ दुधकोशी गाउँपालिका–६ मुक्लीमा सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्यद्वय बल बहादुर केसी र आङ गेलु शेर्पाको विशेष उपस्थितीमा आज आईतवार मुक्लीमा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘क’ को समन्वय तथा पार्टीको पालिका कार्यसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा अधिकांश नेता कार्यकताहरुले पार्टीमा गुटउपगुटलाई त्यागेर नयाँ कार्यदिशासहित अघि बढ्न सुझाव दिएको तरुण दलका केन्द्रीय सदस्य एवं पार्टीका महाधिवेशन प्रतिनिधि नवीन थापाले जानकारी दिनुभयो ।

दुई ठुला नेताहरु एक ठाउँमा उभिएर पार्टी संगठन सुदृढढीकरणमा जुट्दा आफुहरुमा उत्साह थपिएको कार्यकर्ताको भनाइ थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बल बहादुर केसीले पार्टीलाई एक ढिक्का बनाएर सशक्त रुपमा अघि बढ्ने बताउनुभयो । यस्तै अर्का केन्द्रीय सदस्य आङ गेलु शेर्पाले कांग्रेसले जनताको भरोसालाई कदापी नभुल्ने बताउनुभयो ।

मुलुक र जनताको हितमा काम गर्ने पार्टी नै कांग्रेस भएकाले त्यसका लागि एक ढिक्का भएर अघि बढ्न आफुहरु तयार रहेको नेता शेर्पाको भनाइ थियो । थृुलुङ दुधकोशी गाउँपालिका कार्यसमितिका कार्यबहाक सभापति सोमराज केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा, नेताहरू बिनोद बस्नेत, प्रकाशसिं कार्की लगायत सहभागी हुनुभएको थियो । सोही प्रकृतिको कार्यक्रम सोमबार नेचासल्यानमा हुने पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार