सोलुखुम्बुमा पर्यटक प्रहरी दरबन्दी थप हुन्छ : डिआइजी खापुङ

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्र कुबेर खापुङले सोलुखुम्बुमा पर्यटक प्रहरी दरबन्दी थप गरिने बताउनुभएको छ ।

प्रहरी संगठन निरीक्षणको क्रममा आज सोमवार सोलुखुम्बु आइपुग्नु भएका डिआइजी खापुङले जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्र्तकृया कार्यक्रममा यस्तो बताउनुभएको हो ।

विश्वको पर्यटकको ध्यान केन्द्रित हुने सगरमाथा अवस्थित जिल्ला सोलुखुम्बुमा पर्यटक प्रहरी दरबन्दी थप गर्नुपर्ने आवश्यक रहेको डिआइजी खापुङले बताउनुभयो ।

सगरमाथा क्षेत्रमा पर्यटकहरुको सहयोग तथा समन्वयका लागि पर्यटक प्रहरी आवश्यक रहेकाले जिल्लामा दरबन्दी थप गर्न आफुले पहल गर्ने उहाँको भनाइ छ । जसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँम समन्वय गर्ने डिआइजी खापुङले बताउनुभयो ।

संगठन निरीक्षणको क्रममा ओखलढुंगा हुँदै सोलुखुम्बु आइपुग्नुभएका डिआइजी खापुङ भोली फर्कने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार