सोलुखुम्बु – सोलुखुम्बुको थृुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनका अग्नि पीडित परिवारलाई ३ लाख रुपैयाँ भन्दा बढी राहत रकम प्रदान गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य नवीन थापाको नेतृत्वमा संकलित ३ लाख ३ हजार छ सय ४२ रुपैयाँ राहत रकम आज सोमवार पीडितलाई हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पर्यटन विभाग प्रमुख तथा केन्द्रीय सदस्य आङ गेलु शेर्पा र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले पीडितलाई रकम प्रदान गरिएको राहत संकलन अभियानका संयोजक नवीन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर गुमाएका पुर्ण बहादुर भण्डारी, हस्ती माया राई, बुद्धि माया सार्कीको परिवारलाई लाई नगद ५५/५५ हजार, निशान्त राई, दिल कुमार राई र पारशमणी राईको परिवारलाई नगद २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै गोठ घाँस तथा पशु क्षति भएका काले बहादुर अधिकारीलाई १० हजार, सेतिदेवी कार्की, बुद्धि बहादुर कार्की, लाखधन राई र बसन्त राईलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
घटनामा घाइते भएकासन बहादुर सार्कीलाई ५ हजार र हिरा बहादुर विश्वकर्मालाई ४ हजार रुपैयाँ प्रदान गरिएको संयोजक थापाले बताउनुभयो ।