सोलुखुम्बु – ओखलढुंगाको मोलुङ गाउँपालिकाको रामपुरमा नेपाली कांग्रेसको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको मोलुङ गाउँपालिका समितिको आयोजनामा रामपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको प्रशिक्षण वर्ष २०८० को कार्यक्रम अन्र्तगत भएको उक्त कार्यक्रममा पार्टीका वडा समिति, पालिका समिति, प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस मोलुङ गाउँपालिका समितिका उपसभापति प्रेम प्रसाद खतिवडाको सभापतित्व तथा पार्टीका जिल्ला सभापति तेजेन्द्र खनाललको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस केन्द्रिय निती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पुर्व कार्यकारी निर्देशक पुरुषोतम दहालको गर्नुभएको थियो ।