सगरमाथा आरोहणको क्रममा २ आरोही बेपत्ता

  हिमाल समाचार
371 Shares

सोलुखुम्बु – सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हिजो बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

उनीहरूको आरोहण व्यवस्थापन गर्ने कम्पनीले अहिले खोजी गरिरहेको विभागले जनाएको छ । अहिले सगरमाथा आरोहण चलिरहेको छ । अझै झन्डै दुई हप्ता आरोहण चल्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार