मोलुङका कृषि फर्मको कृषि ज्ञान केन्द्रद्वारा अनुगमन

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – ओलढुंगाको मोलुङ गाउँपालिका–८ कोर्नमका कृषि फर्महरुको कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । सो क्षेत्रमा रहेका कृषि तथा पशुपक्षी फर्महरुको ज्ञान केन्द्रका कृषि प्राविधिकहरुले स्थलगत अनुगमन गरेको हो ।

ज्ञान केन्द्रको अनुदानबाट सञ्चालित युवा लक्षित च्याउ खेती, किबी फर्म तथा अन्य तरकारी बाली फर्महरुको ज्ञान केन्द्रले अनुगमन गरेको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो । उक्त फर्महरुलाई चालु आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शिर्षकमा गरी अनुदान प्रदान गरिएको थियो ।

अनुदान प्राप्त गरेका कृषकहरुले व्यवसायिक खेती गरिएको नगरिएको बारे यकिन गर्न समेत अनुगमन गरिएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत टिका बाँनियाले बताउनुभयो ।

फिल्डमा पुग्दा आफुहरुले सोचे भन्दा उत्कृष्ट ढंगबाट खेती गरेको पाइएको बागबानी विकास अधिकृत बाँनियाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार