सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ गुदेल लुच्चाममा एकै दिन पाँच वटा कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले लक्षित वर्ग अन्र्तगतका पाँच वटा कार्यक्रम आज बुधवार एकै दिन सम्पन्न गरेको हो ।
वृद्धवृद्धा, दलित, ज्येष्ठ नागरिक तथा एकल महिला, आदीवासी जनजाती र बालबालिका शिर्षकको कार्यक्रम गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिक तथा एकल महिलातर्फ १५० जनालाई म्याट्रिस वितरण, आदिवासी जनजातितर्फ ३६ जना र दलित तर्फका १९ घरलाई सिरक वितरण, १७ जना फरक क्षमता भएका व्यक्तिहरुलाई ज्याकेट वितरण, वडा भित्रका तीन वटा विद्यालयका बालबालिकालाई खेल सामाग्री वितरण गरिएको हो ।
गुदेल माध्यमिक विद्यालयलाई भलिबल नेट र भलिबल २÷२ थान, २ सेट जर्सी, २४ थान व्याटमिन्टन ¥याकेट प्रदान गरिएको छ । यस्तै बासुकी आधारभुत विद्यालयलाई भलिबल र नेट २/२ थान, भ्याटमिन्टन ¥याकेट २ थान, स्मृति आधारभुत विदालयलाई ३ थान पानी खाने जग, ३ थान बाल्टी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
साथै दलित समुदायलाई शिव मन्दिरको मुर्ति र गजुर प्रदान गरिएको बताइएको छ । वडा कार्यालय लुच्चाममा भएको उक्त कार्यक्रम वडाध्यक्ष सरस्वती कुलुङको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।