मौसम बिग्रँदा सगरमाथा आरोहण रोकियो

  हिमाल समाचार
35 Shares

सोलुखुम्बु – सगरमाथाको चौथो शिविरभन्दा माथिको मौसम प्रतिकूल बनेका कारण सगरमाथा आरोहण रोकिएको छ । मौसम खराब भएकाले गत मंगलवारदेखि आरोहण हुन नसकेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

गएको शुक्रवार बाटो बनाउने टोलीले शिखरसम्म बाटो बनाएपछि आरोहण शुरु भएको थियो । तीन दिनमा झन्डै एक सय जना शिखरमा पुगेका र अहिले मौसमका कारण रोकिएको निर्देशक गुरुङले बताउनुभयो ।

मौसम अनुकूल बन्नासाथ फेरि आरोहीहरू शिखरतर्फ जानेछन् । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् ।

यसैबीच सगरमाथा आरोहणका क्रममा चौथो शिविरभन्दा माथि हराएका मङ्गोलियाका दुई जना आरोहीको खोजी पनि प्रभावित भएको छ । खोजीका लागि हिजो नै दुई जना शेर्पा पठाएकोमा उनीहरू चौथो शिविरमै रोकिएका विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार