सोलुमा सवारी कारबाहीबाट ३५ लाख बढी राजस्व संकलन

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा सवारी कारबाहीबाट ३५ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा सवारी कारबाहीबाट ३५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका इन्चार्ज सई कृष्ण कुमार कटवालका अनुसार १० महिनामा साना ठुला गरी ४ हजार २ सय २९ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त राजस्व संकलन भएको हो ।

साउनमा २ लाख ६७ हजार ५ सय, भदौमा २ लाख ९० हजार ५ सय, असोजमा ३ लाख ५९ हजार ५ सय, कार्तिकमा ४ लाख २० हजार र मंसिरमा ४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै पुसमा ३ लाख ५५ हजार ५ सय, माघमा ३ लाख ६८ हजार, फागुनमा ३ लाख ८४ हजार ५ सय, चैतमा २ लाख ९३ हजार ५ सय र वैशाखमा ४ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

दश महिनामा ट्रक ३६० वटा, टिपर ९९ वटा, बस ३२ वटा, कार/जिप २ हजार २ सय १ वटा, ट्याक्टर २०० वटा, मोटरसाइकल १ हजार १ सय ६१ वटा र टेम्पो १७२ वटा सवारी नियम उल्लंघन गरे बापत कारबाहीमा परेका छन् ।

सो अवधिमा सबै भन्दा बढी कार तथा जिप २ हजार २ सय १ वटा कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार