दुधकोशी नदी(बर्खुघाट)को ह्यूम पाइप निकालिने

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका क्षेत्रमा पर्ने दुधकोशी नदी (बर्खुघाट)मा राखिएको ह्यूम पाइप निकालिने भएको छ । पालिकाले हिउँदमा सवारी सञ्चालन गर्न वडा नम्बर– ५ जुबु र ७ देउसाको सिमाना स्थित बर्खुघाटमा राखिएको ह्यूम पाइप नदीमा पानीको सतह बढेसँगै निकालिने भएको हो ।

गाउँपालिकाले वडा नम्बर ४, ५ र ९ का नागरिकहरुलाई लक्षित गरि गत मंसिरमा दुधकोशी माथि ५२ वटा ह्यूम पाइप बिच्छ्याएर सिधा सवारी सञ्चालन गरेको थियो । उक्त बाटो हुँदै, जुबु, लोखिमसहित ऐसेलुखर्क हुँदै खोटाङको हलेसी क्षेत्रमा जान जान सकिन्छ ।

गत वैशाख २९ गते नदीमा आएको बाढीले आंशिक क्षति समेत पुगेको ह्यूम पाइपको मर्मतको काम भइरहेपनि वर्षातमा बगाउन सक्ने भएकाले केही दिन भित्रमा नदीबाट निकाल्न लागिएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

जसका लागि पालिकाले एक सुचना जारी गर्दै नदी पारी व्यवसाय गर्ने व्यवसायीहरुले आवश्यक सामाग्रीहरुको व्यवस्थापन गर्न आग्रह गरेको छ । ह्यूम पाइपमा हिजो बुधवार नदीमा आएकाले बाढीले समेत क्षति पु¥याएको स्थानीय व्यवसायी राज क्षेत्रीले बताउनुभयो ।

ह्यूम पाइपमार्फत सिधा सडक सञ्चालन हुँदा देउसासहित जुबु, लोखिम लगायतका नागरिकहरुलाई सहजता भएको उहाँको भनाइ छ । ह्यूम पाइप निकालेपछि वर्षात सिजनको केही महिना वडा नम्बर ४, ५ र ९ नम्बर वडाका नागरिकहरु पालिका केन्द्रसँग छोटो दुरीको सिधा सडक सञ्जालबाट वञ्चित हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार