सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ र सोलुदुधकुण्ड नगरपालिका ११ को सिमाना दाल्दुु क्षेत्रको वनजमा लागेको डढेलो करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
सो क्षेत्रमा आज शनिवार बिहान अन्दाजी ६ बजेबाट लागेको डढेलो बिहान करिब १० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आगलागीबाट करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको बोटविरुवा जलेर नष्ट भएको छ । आगो प्रहरी र स्थानीयको सकृयतामा नियन्त्रण गरिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । फोटो : फायल