रेडक्रस टाक्सिन्दुले गर्‍यो आरोही शेर्पाको शवमा झण्डा ओडाइ अन्तिम बिदाइ

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु – सगरमाथासहितका हिमाल आरोही मिङ्मार शेर्पालाई नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दु सोलुखुम्बुले अन्तिम बिदाइ गरेको छ ।

चाईनाको सिसापाङमा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका शेर्पाको पार्थिव शरिरमा सोमवार उपशाखाले रेडक्रसको झण्डा ओडाइ अन्तिम बिदाई गरेको हो ।

शेर्पाले सगरमाथासहित माउन्ट केटु तथा अन्य हिम शिखरमा रेडक्रसको झन्डा फहराउनुभएको थियो । गत असोज २० गते चाईनाको सिसापाङमा हिमाल आरोहणको क्रममा उहाँको ज्यान गएको थियो ।

आइतवार नेपाल आइपुगेको शेर्पाको शव सोमवार टाक्सिन्दुमा अन्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ । रेडक्रस जिल्ला शाखा सोलुखुम्बुले आरोही शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार