सोलुखुम्बु – सोलुखुम्बुको तिङ्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लाका ५० वर्षीय चन्द्र बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो अन्दाजी ४ बजे घर नजिकैको निजि वनमा बाख्रालाई घाँस काट्न जाने क्रममा खड्कालाई जंगली भालुले आक्रमण गरेको स्थानीय भुपध्वज कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर भन्दा करिब ५०० मिटर टाढाको निमाटिन्ने जङ्गलमा घाँस काट्न जाने क्रममा उहाँलाई २ वटा भालुले एकसाथ आक्रमण गरेको हो ।
टाउको, छाती, तिग्रा लगायतका स्थानमा गहिरो चोट लागेका घाइते खड्काको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।